झापामा प्रहरी हिरासतबाट ९२ थुनुवा भगाइयो

विराटनगर । झापामा आन्दोलनकारीहरूले विभिन्न प्रहरी कार्यालयको हिरासतमा रहेका ९२ जना थुनुवा भगाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गम्भीर तथा जघन्य अपराधमा संलग्न भई अनुसन्धानका क्रममा रहेका थुनुवाहरूलाई आन्दोलनको क्रममा आन्दोलनकारीको समूहले भगाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव परीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार, प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेस्थित प्रहरी चौकीबाट ५ जना गरी कुल ९२ जना थुनुवालाई भगाएका हुन् ।

खड्काका अनुसार भागेका थुनुवाहरू विभिन्न गम्भीर, जघन्य तथा अन्य प्रकृतिका अपराधमा संलग्न भई अनुसन्धानका लागि हिरासतमा राखिएका थिए ।

घटनापछि प्रहरीले फरार थुनुवाको खोजी कार्य तीव्र पारेको छ भने जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भगाइएका कैदी बन्दी अहिलेसम्म पक्राउ नपरेको खड्काले बताए ।

भदौ २६, २०८२, बिहानको १०:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर