प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष विपक्षी दलको बैठकले निकालेको हो ।

प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दै युवाहरूको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्नुपर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भइसकेको छ ।

भदौ २४, २०८२, बिहानको १०:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर