विराटनगर । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १८ पुगेको छ । युवा विद्यार्थीको प्रर्दशनमा सरकारको निर्देशनमा प्रहरीले जथाभावी गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।
काठमाडौंकाक प्रमुख जिल्ला अधिकारी छवि रिजालले प्रदर्शन रोक्न गोली चलाउने आदेश प्रहरीललाई दिएका थिए । गोली चलाउन माथिको आदेश नचाहिने उनको अनुमतिपछि प्रहरीले जथाभावी गोली चलाएको थियो । मृतकहरु धेरैको टाउँको र छातीमा गोली प्रहार गरेको पाइएको अस्पतालहरुले जनाएका छन् ।
ट्रमा सेन्टरमा मात्रै ७ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ । उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा धेरैको उपचार भइरहेकोले मृतकको संख्या बढ्ने अनुमान छ ।
मृतकहरूको परिचय खुलेको छैन । मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ।
अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ । सरकारी र निजी गरी ७ अस्पतालमा २१६ जना बढी घाइतेहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेमध्ये २२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ। घाइतेलाई अस्पताल पुर्याउने एम्बुलेन्स चालकहरुले भने ५० भन्दा धेरै घाइतेको अवस्थाा गम्भीर रहेको बताएका छन् ।
निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा ५० जनाको उपचार भइरहेको छ । सेन्टरका ४ जनाको अवस्था गम्भीर रहेको छ ।
एभरेष्ट अस्पतालमा ३४को उपचार भइरहेको छ भने पाटन अस्पतालमा ४ जना गम्भीर घाइतेको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेजमा ४१ जनाको उपचार भइरहेकोमा ८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत २४ जना घाइतेमध्ये ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।