जेन–जी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

विराटनगर । जेनजीको प्रदर्शनमाथि काठमाडौंमा प्रहरीले गोली चलाउँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ । अस्पतालमा ७०–८० जना घाइतेको उपचाररत रहेकोक उनले जानकारी दिए ।

मृत्यु हुनेकोक परिचय खुलिसकेको छैन । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की पनि घाइते भएका छन् ।

नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनीहरुको पनि सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

जेन–जीको प्रदर्शन नियन्त्रबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको छ । बानेश्वर–तिनकुने क्षेत्रमा कर्फ्यु लगाएको प्रशासनले त्यसलाई बिस्तार गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाइएको हो ।

सरकारले कफ्र्यु लगाएको भएपनि त्यसलाई उल्लंघन गर्दै युवाहरूले संघीय संसद् भवन, बानेश्वरबाहिर प्रदर्शन केन्द्रित गरेका छन् । साढे १२ बजेटदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । तर, कर्फ्यू आदेश सुरु भइसक्दा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् ।

केही प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोजेपछि थापागाउँ हुँदै सिंहदरबारतर्फको सडकमा पनि प्रदर्शन गरिरहेका छन् । शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न खोजेका उनीहरू पटक–पटक बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै गोलीसमेत चलाएको छ ।

आक्रोशित युवाको एक समूह बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवनको मूल गेटमा रहेको सुरक्षाकर्मी रहने सानो भवनको छतमा पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले नेपालको झण्डा फहराउँदै युवालाई संसद् भवनभित्र पस्न आह्वान गरिरहेका छन् ।

भदौ २३, २०८२, दिउँसोको ०१:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर