शहीद परिवारलाई ४० वर्षपछि राहत

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारले ४० वर्षपछि राहत पाउने भएका छन् ।

प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको हो ।

पञ्चायती शासनको विरोध गर्दा तत्कालिन सरकारले खोकु, छिन्ताङ र आँखिसल्लामा १६ जना स्थानीयको हत्या गरेको थियो । हत्या भएको करिब ४ दशकपछि सरकारले २०७४ पुसमा उनीहरुलाई शहीद घोषणा गरेको थियो । तर, सहिद परिवारले कुनै राहत पाउन सकेका थिएनन् ।

बुधबार, ०७ फागुन, २०७६, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर