सामान्य अंक बढ्यो नेप्से

विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक ९.१६ अंक बढेर २७७०.३९ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ६७ हजार ९५९ पटकको कारोबारमा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ । त्यस्तै, यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको सम्पदा लघुवित्तको शेयरमूल्य यस दिन ४.८१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २१ करोड ७५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब २१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १८ करोड नाघेको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत बढेको छ । अरु बढेका उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो ।

भदौ २, २०८२, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर