बिरगंज । कोरोना संक्रमण पछि आइसोलेसनमा राखेर उपचार गराइरहेका पर्साका थप २१ जना कोरोना मुक्त भएपछि अस्पतालबाट बाहिरिएका छन् ।
गण्डक अस्पतालमा उपचाररत २१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । मंगलबार राति नै उनीहरुलाई अस्पतालबाट बिदा गरिएको हो ।
कोरोना मुक्त भएर अस्पतालबाट घर फर्किएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गर्नुभएको थियो ।
पछिल्लो दुई वटा पीसीआर परीक्षणमा संक्रमण नदेखिएपछि उनीहरु डिस्चार्ज भएका हुन् । अब अस्पतालमा ९ जना मात्र बाँकी छन् । यसअघि नारायणी अस्पतालबाट ७२ जना कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।