सङ्खुवासभामा साढे २ सय बढी कुकुरको बन्ध्याकरण

सङ्खुवासभा । भेटेरिनगरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभाको आयोजनामा रेविज रोग नियन्त्रणका लागि सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकर शिविर सञ्चालन गरिएको छ । रेविज रोग नियन्त्रणका लागि सामुदायिक तथा घर पालुवा कुकुरको बन्ध्याकर र खोप शिविर सञ्चालन गरिएको हो । भेटेरिनगरी अस्पतालको आयोजना तथा खाँदबारी नगरपालिकाको प्राविधिक सहयोगमा रेविज विरुद्ध सचेतना सामुदायिक कुकुरको बन्ध्याकरण र खोप आयोजना गरिएको छ ।

रेबिज पशु र मानिसमा लाग्ने एक प्राणघातक जुनोटिक रोग भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्न निःशुल्क बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप शिविर राखिएको भेटेरिनगरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभामा प्रमुख हिमालय पोखरेलले बताए । रेविजविरुद्ध सचेतना तथा शिविरमा दुई सय ६० सामुदायिक तथा तथा घरपालुवा कुकुरको निःशुल्क बन्ध्याकरण गरिनुका साथै रेबिज विरुद्धको खोप लगाइएको भेटेरिनगरी अस्पताल प्रमुख पोखरेलले बताए । तीनदिने निःशुल्क बन्ध्याकरण शिविरमा १ सय ५० भाले र १ सय १० पोथी कुकुरको बन्ध्याकरण गरिएको प्रमुख पोखरेलले बताए ।

यो अभियानअन्तर्गत खाँदबारी बजारमा रहेका सामुदायिक तथा बजार आसपासका कुकुरलाई बन्ध्याकरण तथा खोप लगाइएको छ । सामुदायिक कुकुरलाई बन्ध्याकरणसँगै रेविजविरुद्धको खोप पनि लगाइ प्रमुख पोखरेलले बताए । शिविरमा ७० वटा कुकुरलाई खोप समेत लगाइएको छ । नेपालले सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । रेबिज पशु र मानिसमा लाग्ने एक प्राणघातक जुनोटिक रोग हो। रेबिज संक्रमित पशुले मानिस अथवा अन्य पशुलाई टोकेमा रेबिज सर्ने गर्दछ । विश्वमा यो रोगबाट प्रत्येक वर्ष ६० हजारको मृत्यु हुने गरेको छ ।

बिहिबार, १९ असार, २०८२, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर