सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजारमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार, १२ असार, २०८२, दिउँसोको १२:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर