विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर–१५ मा नयाँ कमिटी गठन गरिएको छ। शनिबार सम्पन्न भेलाबाट सगुन ठाकुरको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति सर्वसम्मत भएको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा उरुषा शाह र आकाश श्रेष्ठ चयन भएका छन् भने सचिवमा संजय मण्डल र सह–सचिवमा विवेक श्रेष्ठ तथा मञ्जित यादव रहेका छन्। कोषाध्यक्षमा मुस्कान भगत रहेकी छिन् । यस्तै, समितिमा सदस्यहरूमा ओमप्रसाद साह, सागर ठाकुर, रञ्जित साह, सगुन विक, अंशु श्रेष्ठ लगायत रहेका छन् ।
कार्यक्रममा नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य शान्ता श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष रोहित कोइराला, केन्द्रीय विज्ञ आयोगका उपाध्यक्ष दिपेश बास्तोला, नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटी अध्यक्ष जतिन तम्रकार लगायतको उपस्थिति रहेको थियो।
