विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा बजेट पेस गरेका हुन्।
चालुतर्फ११ अर्ब ९८ करोड, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको हो । वित्तीय व्यवस्थापनतर्फ –३ खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।
सरकारले बजेटमार्फत् कर्मचारीको महंगी भत्ता ५ हजार रूपैयाँ पुर्याएको छ । नयाँ बजेट साउन १ गतेदेखि लागू हुनेछ ।