नेकपा एस मोरङ द्वारा शिक्षकहरूको आन्दोलनको समर्थन

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मोरङ जिल्ला कमिटीले सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनमा सर्थन जनाएको छ ।

जिल्ला कमिटीका अध्यक्ष चन्द्रविर राईले एक विज्ञप्ती जारी गर्दै आन्दोलनको समर्थन गरेका हुन् ।‘ सामुदायिक विद्यालयका शिक्षकहरूले आम भौतिक हड्ताल मार्फत शिक्षा ऐन संशोधनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षकहरूको न्यायपूर्ण मागलाई उपेक्षा गरेको र शिक्षकहरूको मानमर्दन गरेको नेकपा एसले आरोप लगाएको छ। नेकपा एसले सरकारको रवैयाप्रति गम्भीर आपत्ति जनाइएको छ। साथै, शिक्षकहरूको आत्मसम्मान र शिक्षाक्षेत्रको आमूल परिवर्तनका लागि आन्दोलनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

पार्टीले सरकारलाई समयमै शिक्षकहरूको मागको सम्बोधन गर्न आग्रह गरेको छ । अन्यथा आन्दोलन थप चर्काउने चेतावनी समेत दिएको छ ।

शुक्रबार, ०५ बैशाख, २०८२, दिउँसोको ०४:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर