माओवादी केन्द्र विराटनगरको सम्मेलनमा प्रचण्ड आउने

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते नगर सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् ।

विराटनगर महानगर समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

विराटनगर आयल निगम दक्षिणमा रहेको शुभ ब्यान्केटमा हुने नगर सम्मेलनमा ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलले जानकारी दिए । सम्मेलनको बन्दसत्र वैशाख ८ गते हुने पौडेलले जानकारी दिए ।

सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्ने छ । महानगर अध्यक्षको लागि हालकी सचिव नमिता न्यौपाने र उपाध्यक्ष देव राजवंशीले दाबी गरेका छन् । दुई जनाबीच सहमति हुन नसके निर्वाचनबाट नेतृत्व चयन हुने माओवादीले जनाएको छ ।

बिहिबार, ०४ बैशाख, २०८२, दिउँसोको ०२:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर