विराटनगर । पत्रकार महिलाहरुको संस्था सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा मोरङकी पत्रकार तारा आचार्य चयन भएकी छन् ।
सञ्चारिका समूहको शनिबार विराटनगरमा भएको दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
समूहको उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा सुनसरीकी सुप्रिया राई, कोषाध्यक्षमा मोरङकी कविता घिमिरे रहेका छन् । यस्तै, सदस्यहरुमा इन्दु साह, शान्ति राई, उर्मिला सुनार, सृजना खुलाल, सरिता लिम्बू, सुशीला संग्रौला रहेका छन् ।
यस्तै सञ्चारिका समुह मोरङको अध्यक्षमा विनु तिम्सिनालाई चयन गरिएको छ । समितिको उपाध्यक्षमा उषा मण्डल, सचिवमा सुजता लिम्बू, कोषाध्यक्षमा अञ्जना पराजुली तथा सदस्यहरुहरुमा मिना विश्वास, नम्रता न्यौपाने, फुलमाया पुरी, रोमा दाहाल निशा, सरिता कर्मकार, इसु पन्त, गोमा ढुङ्गाना र दिपिका राजवंशी छन् ।
अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेशसभा उपसभामुख सृजना दनुवारले पत्रकारहरुले सत्यतथ्यमा आधारित पत्रकारिता र तीन तहका सरकारलाई खबरदारी गर्नेुपर्ने बताइन् । महिला पत्रकारहरूलाई पेशागत रुपमा सक्षम बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
अधिवेशनमा मोरङकी अग्रज पत्रकार ललिता भट्टराईलाई सम्मान गरिएको थियो । अधिवेशनमा पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, सल्लाहकार विवेक गौतम, महासचिव हिमा चेम्जोङ, मोरङ पत्रकार महासंघका अध्यक्ष शुशिला पाठक, नेपाल प्रेस युनियन उपमहासचिव अभयकुमार राई, प्रेस सेन्टरका प्रदेश महासचिव गोकुल पराजुली लगायतले शुभकामना दिएका थिए ।