विर्तामोड ।
झापाको मेचीनगर ६ बाट भारतीय नागरिक ३२ वर्षीय सपन अधिकारी लागुऔषध खेरौ हिरोईनसहित पक्राउ परेका छन् ।
शनिबार साँझ सिमा एरियामा चेकजाँच गर्ने क्रममा भारतको जलपाईगुडी डिष्ट्टिक धुपगाछी घर बताउने अधिकारीलाई ५ ग्राम लागुऔषध खेरौ हिरोईन ब्राउनसुगरसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।