महिलाहरुलाई नौमति बाजा बजाउने तालिम

विराटनगर । नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उद्देश्य अनुसार विराटनगर महानगरपालिका वडा नं. ८ ले १५ दिने पञ्चे बाजा तालिम आयोजना गरेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च मोरङ र समृद्धि नेपालको आयोजनमा विराटनगरमा सुरु भएको तालिमको महानगर उपप्रमुख शिल्पा निराला कार्कीले उद्घाटन गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

कार्यक्रममा वडाध्ययक्ष पोखरेल, वडा नं. ८ का वडा सचिव मनोज मल्लिक, वडा सदस्य पवित्रा गजमेर समाजसेवी राजन भण्डारी, राष्ट्रिय उपभोक्ता मञ्च मोरङ, समृद्धि नेपालका पदाघिकारीलगायतको उपस्थिति रहेको थियो । पेशागत रुपमा आत्मनिर्भर बनाएर नेपालको मौलिक संस्कार र सस्कृतिलाई जर्गेना गर्नको लागी सिपमुलक तालिम आयोजना गरेको वडा कार्यालयले जनाएको छ ।

विवाह, उत्सव तथा शुभ कार्यमा प्रयोग गरिने मौलिकता बोकेको दमाह, झ्याम्टा, सनाइ, ढोलक, ट्याम्को, नरहिङ्हा जस्ता बाजाहरुलाई एकैसाथ बजाउने नौमति बाजा लोभ हुँदै गएकोले संरक्षणका लागि र महिला दिदि बहिनीलाई आत्मनिभर भएर आर्थिक उपार्जनका लागि अग्रसर हुन तालिम प्रदान गरिएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए

बुधबार, २६ चैत, २०८१, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर