विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक ¥याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक ¥याली निकालेको हो ।
न्यूरो हस्पिटलदेखि सुरु भएको ¥यालीले विराटनगर महानगरपालिकाभित्र नगर परिक्रमा गरेको थियो । ¥यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
‘छारेरोग बारे घर– घर, टोल टोलमा कुरा गरौँ, छारेरोग सरुवा रोग होइन, समयमै उपचार गरे छारेरोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना ¥यालीमा सहभागी रहेका थिए । हस्पिटलले प्रत्येक वर्ष विश्व छारेरोग दिवसमा सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।
समयमै उपचार गरौं, छारेरोगबाट बचौँ भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरूमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्युरो हस्पिटल अग्रसर भएर लागि पर्दै अभियान सुरु गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्युरो हस्पिटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रवाह गरेको कारणले यो अस्पताल बिरामीहरूको लागि रोजाइको पहिलो गन्तव्य बन्ने गरेको छ ।
न्यूरो हस्पिटलका न्यूरोलोजिष्ट डा.सुदनन्द पौडेलले छारेरोग पनि निको पार्न सकिने रोग भएको बताए । ‘यो कुनै दैवी÷राक्षसी, पुनर्जन्मको प्रतिफल, देवता लाग्ने, लागो लाग्ने रोग होइन भनेर विज्ञानले प्रमाणित गरिसकेको छ’ उनले भने, ‘उपचारको क्रममा औषधि नटुटाइ खाने र आफू खुसी बन्द नगर्न सहयोग पु¥याउनु पर्छ ।’