प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा बैठक विपक्षी दलले बहिष्कार गर्ने !

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो २ बजेदेखि सुरू हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाका विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादी सो बैठकमा अनुपस्थित रहने भएका छन् ।

विपक्षी दलहरूसँग प्रदेशसरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रती सरकार उदासिन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । आईतबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका माओवादी संसदीय दलका नेता ईन्द्र बहादुर आङ्बोले मुख्यमन्त्रीको अहिलेकै स्वभाव रहे आफूहरूले प्रधानमन्त्रीको सम्बोधनमा बस्न बाध्य नहुने चेतावनी दिएका थिए ।

विपक्षी दलका नेता बोल्दा मुख्यमन्त्री अनुपस्थित रहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए । यसआघि प्रतिनिधिसभाको बैठकमा पनि विपक्षी दलको नेता प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री ओली अनुपस्थित रहेका थिए ।

सोमबार, २६ फागुन, २०८१, बिहानको ११:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर