प्रतिस्थापन विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको आइतवार बसेको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।यसअघि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक पेस गरेका थिए ।

मन्त्री भण्डारीले प्रदेशमा सङ्कटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्राविधिक त्रुटीलाई सच्याउन र विपद्का कारण क्षति भएका संरचनालाई पुनःनिर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिए ।

आइतबार, १८ फागुन, २०८१, रातीको ०९:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर