विराटनगर ।नेकपा (एमाले)को मोरङको १० औं जिल्ला अधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदैछ ।
अधिवेशनको उद्घाटन उपाध्यक्ष राम बहादुर थापा (वादलले) गर्ने नेकपा एमाले मोरङकी उपाध्यक्ष शन्ति भुजेलले बताइन । फागुन १९ गतेसम्म चल्ने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
१८ गते विहान ७ बजेदेखि दिउँसो १२ वजेसम्म राजनीतिक, सांगठनीक, आर्थिक प्रतिवेदन र मोरङको समृद्धिका लागि दिग्दर्शन उपर छलफल र पारित गर्ने, १८ गते १ बजेदेखि निर्वाचन आयोगको कार्यतालिका अनुसार निर्वाचन कार्य सञ्चालन गरिने मोरङ अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए । यस्तै १९ गते निर्वाचनको कार्यतालिका रहेको छ ।
जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् ।