माओवादीको जागरण अभियान आज सुनसरीमा

विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को चौथोदिन आज सुनसरीमा अभियान गरीदै छ ।

आज बिहान बर्जु–शुक्रबारे बजारमा बिहान सहिद गेट अवलोकन, उखु किसानसँग छलफल गर्ने कायक्रम रहेको नेताहरुले बताएका छन् ।

बर्जु ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ।

दिउँसो १ बजेसम्म देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको नेम्वाङले जानकारी दिए।

हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत सत्तेरझोडामा जनसभा, इनरुवा नगरपालिकाको जाल्पापुरमा नगर अधिवेशन उद्घाटन गर्दै कोशी गाउँपालिकामा जनभेटघाट कार्यक्रम रहेको नेम्वाङले बताए।

भोक्राहा नर्सिङ गाउँपालिकाका कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेताहरुले बताएछन् ।

प्रचण्डले अब समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै समाजवादको अभ्यास गर्ने नीति पार्टीको रहेको कार्यकर्तामाझ भन्ने गरेका छन्। जनतासँग माओवादी तराई(मधेस जागरण अभियान पनि त्यहीभित्रको एउटा अभ्यास भएको प्रचण्डको भनाइ छ।

माओवादी केन्द्रले यही फागुन १२ गते ‘जनतासँग माओवादी तराई– मधेस जागरण अभियान’ झापाको कचनकवलबाट सुरु गरेको हो।

बिहिबार, १५ फागुन, २०८१, बिहानको ०८:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर