
गणेश लम्साल
विराटनगरमा केही सचेत युवाहरुले गत वैसाखदेखि हरियाली अभियान सुरु गरेका थिए । यो दश महिनामा अभियान्ताहरुले हालसम्म कोशी राजमार्गस्थित विराटनगरको उत्तर प्रवेशद्धारदेखि दक्षिण भारतीय जोगवनी नाकासम्म १२ किलोमिटर सडकको दुवैतर्फ किनारको झण्डै २४ किलोमिटर दूरीमा ८ हजार विरुवा रोपेर हुकाइरहेका छन् । रोपिएका विरुवा धेरै हुर्किन थालिसकेका छन् । बिरुवा मरेको ठाउँमा फेरि नयाँ बिरुवा रोप्ने काम पनि उनीहरुले गरिरहेका छन् ।
विरुवा रोपेर छाड्ने हैन हुर्काउनु कर्तव्य हो भन्ने मान्यता राखेर निरन्तर हेरचाह गर्दै सहरलाई हराभरा बनाउने संकल्पमा उनीहरु तल्लीन छन् । सुरुमा केही युवाहरु मिलेर थालेको हरियाली अभियानमा अहिलेसम्म करिब एक हजार जना नागरिकहरु जोडिसकेका छन् । उनीहरु फुर्सदको समयमा साँझ विरुवा रोप्ने र हेरचाह गर्ने काम गर्छन् ।
विराटनगर महानगरलाई हरियाली बनाउन लागिपरेका अभियान्ताहरु अब विरुवा रोप्न र हुर्काउने काममा मात्र सीमित छैनन् । अभियानलाई हौसला बढाउन विरुवा रोप्दारोप्दै र हेरचाह गर्दागर्दै जन्मदिन र विवाह उत्सव पनि मनाउने गर्दछन् । अभियानकर्मीहरुका अनुसार १० महिनाभित्र ३१ जनाले सडकमै विरुवा रोपेर जन्मदिन र एक दर्जन दम्पतिहरुले सडकमै वार्षिक विवाह उत्सव पनि मनाइसकेका छन् । यस अवधिमा ११ जनाले आफनो आमाबुबाको सम्झनामा विरुवा रोपेका छन्
विरुवा रोप्ने र हेरचाह गर्ने क्रममा स्वतस्फूर्त रुपले सक्रिय विराटनगरका हरियाली अभियान्ताहरुले आजकल थप अनुकरणीय कार्य थालेका छन् । उनीहरुले मृत्यु शोकमा महंगा समेवदना पत्रको ठाउँमा हरियो विरुवा लिएर श्रद्धाञ्जलि व्यक्त गर्ने कार्य सुरु गरेका छन् । आफनो समूह र छरछिमेकमा मृत्यु शोक परेमा उनीहरु फ्रेममा सजाएको महंगो समवेदना पत्र हैन हरियो विरुवा लिएर श्रद्धाञ्जलि व्यक्त गर्न जाने गरेका छन् । यस्तो चलनले आप्mना पितृ र आफन्तका नाममा विरुवा रोपेर हुर्काउने चलनमा वृद्धि हुने र हरियाली अभियानमा धेरै सहयोग पु¥याउने विश्वास उनीहरुको छ ।
हुन पनि हो, मृत्यु शोकमा समवेदना व्यक्त गर्ने देखासेखी चलनलाई बढावा दिनु भन्दा विरुवा दिएर श्रद्धाञ्जलि व्यक्त गर्नु असल कार्य हो । यसरी विरुवा रोपेर हुर्काउँदा वतावरणलाई फाइदा पुग्ने र पितृको पनि जुगौं सम्झना रहन्छ । रोपेका विरुवा हुर्किएमा त्यहाँ विश्रामका लागि चौतारा र फलैंचाहरु पनि निर्माण गर्न सकिन्छ । उसैपनि आजकल पितृका नाममा गरिने परोपकारी कामहरु पाटी, पौवा, धर्मशाला, फलैंचाआदि बनाउने चलन हराउँदै गएको छ । पितृका नाममा वरपिपल र अन्य रुख विरुवाहरु रोप्ने चलन त झनै लोप नै भैसकेको छ । सरकार र संघ संस्थाहरुले गर्ने वृक्षारोपण पनि ढर्राका लागि मात्र सीमित भैरहेका छन् । तामझामसहित वृक्षारोपण गरिए पनि रोपिएका विरुवाहरुको संरक्षणमा चासो हुनेगरेको छैन । यसैले विराटनगरमा हरियाली अभियान्ताहरुले थालेको मृत्यु शोकमा हरियो विरुवासहित श्रद्धाञ्जलि व्यक्त गर्ने चलनलाई अनुकरणीय मानेर परम्पराका रुपमा विकास गर्नु उत्तम हुन्छ । किनकि घरपरिवारबाटैं पितृका नाममा विरुवा रोपिएमा त्यसलाई मलजल गरेर हुर्काउने जिम्मेवारी पनि बढ्छ । जसले देखासेखी ढर्रालाई त्यागेर असल संस्कारलाई पुन संस्थागत गर्न सहयोग पु¥याउँछ । जुन संस्कार वर्तमान मात्र नभएर भावी पुस्ताका लागि पनि अनुकरणीय हुनसक्छ ।