मानुश्री भइन् मिस मोर्डन एरा

विराटनगर । विराटनगर ३ मा रहेको मोर्डनएरा स्कुलले तेस्रो संस्करणको मोर्डनएरा लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
विद्यालयमा अध्ययनरत ९ सय भन्दा बढि विद्यार्थीहरुले लिटिल च्याम्सको विभिन्न विधामा भाग लिएका थिए । मोर्डनएरा लिटिल च्याम्स चार चरणमा गरिएको थियो । ९ सय विद्यार्थीहरुबाट मोडलिङमा १२ जना, गायनमा १० जना र नृत्यमा सिनियर ५ र जुनियर ५ विद्यार्थीहरु फाईनल चरणमा पुगेका थिए ।

मानुश्री आचार्य मिस मोर्डनएरा भएकी छिन् । त्यसैगरी प्रापती कार्की फस्ट रनरअप, एलिसा निरौला सेकेन्ड रनरअप र दिपीका दाहाल थर्ड रनर अप भएकी छिन् । विजेताहरुलाई निणायक ईश्वरी बाँस्कोटा र राजकुमारी राजबंशी , स्कुलका अध्यक्ष गोविन्द निरौला , प्रिन्सिपल ईन्द्र राई लगायतले उपाधी प्रदान गरेका थिए ।
त्यसैगरी नृत्य जुनियर तर्फ स्रिष्टि पराजुली प्रथम, आसिका निरौला द्धितीय र एन्जल श्रेष्ठ तृतीय भएकी छिन् । त्यस्तै नृत्य सिनियर तर्फ साक्षी कडेल प्रथमट, इसिका माझी द्धितीय र सुप्रिना थापा तृतीय भइन् ।
विजेता विद्यार्थीहरुलाई निर्णायक मनिष कटवाल र मनोज राजवंशी लगायतले पुरस्कार वितरण गरेका थिए ।
त्यसैगरी गायन तर्फ अन्स खनाल विजेता भएका छन् । अन्य सहभागि विद्यार्थीहरुलाई सानत्वना पुरस्कार प्रदान गरिएको थियो । गायन तर्फको पब्लिक च्वाईस पुरस्कार कंचन कटवालले पाएकी थिईन् भने मोडलिङतर्फको अनिसा थापा, नृत्य जुनियर एनिजला श्रेष्ठ र सिनियर तर्फको पल्पसा तिमिसनाले पाएकी थिईन् । विजेताहरुलाई निर्णायक दिपेन राई र सुमन श्रेष्ठले अध्यक्ष गोविन्द निरौला प्रिन्सिपल ईन्द्र राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल ईन्द्र राईले लिटिल च्याम्स एउटा रियालिटि शो भएका कारण मोर्डनएरा लिटिल च्याम्सले भविष्यमा योग्य र दक्षा व्याक्ती उपादनमा टेवा पुग्ने बताएका छन् । लिटिल च्याम्समागायन शिक्षक दिपेन थापा , नृत्य शिक्षकहरु रुपेश विश्वास, मनोज राजवंशी, प्रकाश तिम्सिना र मोडलिङ तर्फ प्रिया नुन्दि र विद्या गुप्ताले विद्यार्थीहरुलाई शो मा प्रस्तुत गराएका थिए ।
हरेक बर्ष आयोजना गर्दै आईरहेको मोर्डनएरा लिटिल च्याम्सको प्रमुख अतिथीमा रुपमा कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई रहेका थिए भने विशिष्ट अतिथीका रुपमा विराटनगर महानगरका मेयर नागेश कोईराला रहेका थिए ।

आइतबार, ११ फागुन, २०८१, साँझको ०७:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर