एमाले परित्याग गरेर तुलसी पोखरेल माओवादीमा प्रवेश

विराटनगर । विराटनगरका उद्योगी तथा सामाजिक व्यक्ति तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले मोरङको जिल्ला कमिटी सदस्य रहेका पोखरेल माओवादीमा प्रवेश गरेका हुन् ।

पोखरेललाई बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबिर माला लगाएर पार्टी प्रवेश गराएका छन् ।

पोखरेल २०३९ सालबाट एमालेमा आबद्ध रहेका थिए । उनी २०४४ सालमा एमालेको पार्टी सदस्यता लिएर हाल जिल्ला कमिटी सदस्य रहेका थिए । एमाले राजनैतिक दर्शन र बिचारबाट विचलित भएको र त्यस पार्टीबाट परिवर्तन सम्भव नहुने ठहर गर्दै आफू माओवादी पार्टी प्रवेश गरेको उनले बताए ।

पोखरेल सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । कानुन व्यवसायी समेत रहेका पोखरेल खोटाङ समाजको सल्लाहकार रहेका छन् ।

बिहिबार, ०१ फागुन, २०८१, रातीको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर