सत्र वर्षपछि पक्की पुल !

  पुण्य पि अधिकारी

“बाहृ वर्षमा खोला फर्किन्छ” यो आहान त्यति बेला प्रयोग हुन्छ, जुन काम फत्ते हुन वर्षौँ लागेको हुन्छ । आश गर्दागर्दा निराश भएर पुन आश पलाएको अवस्थामा काम फत्ते भए “बाहृ वर्षमा खोला फर्किन्छ” भन्थे हो रहेछ भनिन्छ ।
त्यस्तै सन्र्दभ हुलाकी राजमार्ग अन्तरगत झापा र मोरङ जोड्ने रतुवाखोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि भएको छ । सडकसँगै पुल निर्माण नभएर आहात भएका यस क्षेत्रमा स्थानीयले १७ वर्षपछि लामो सास फेरेका छन् । रतुवामा पुल निर्माण सम्पन्न भएपछि ।

पटक–पटकका निर्वाचनमा उम्मेदवारले रतुवाखोलामा पक्की पुल निर्माणको ललिपप देखाएर चुनाव जिते । मन्त्री भए । तर, पुल निर्माणले कहिल्यै गति लिएन । एउटा पिल्लर ड्याएर त्यसैलाई देखाएर चुनाव जित्ने खेल वर्षौ चल्यो । मतदाताले पुल निर्माण हुने आशामा दिएको अमूल्य मतको कहिल्यै सम्मान र इज्जत भएन ।

तर, अहिले पुल निर्माण सम्पन्न भएपछि स्थानीयको निराशा खुशीमा बदलिएको छ । हुलाकी राजमार्ग भएर झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने यस पुलले दक्षिणी मोरङको आर्थिक, सामाजिक रूपान्तरणमा ठूलो भूमिका खेल्छ । झापाको भद्रपुरदेखि भारतको गगलिया जोड्ने पुलबाट सुरूआत हुने हुलाकी राजमार्गमा साना ठूला थुप्रै पुल निर्माण गर्न बाँकी छ ।

तिनै पुलमध्ये रतुवा खोलामा पक्की पुल बन्न झण्डै दुई दशक समय लागेको छ । पुल शिलान्यास भएको १७ वर्षपछि निर्माण सम्पन्न भएको छ । एउटा शिशु जन्मदेखि जवान हुन लाग्ने समय रतुवा खोलामा निर्माण भएको पुलले लिएको छ । वि.स.२०६४ मा रतुवाखोलामा पुल निर्माणका लागि शिलान्यास हुँदाका बखत एक÷दुई वर्षभित्रमा पुल निर्माण भएर पुलमाथिबाट झापा, मोरङ आवतजावत गर्ने धेरैको भौतिक शरीर यो संसारमा छैन । समयमा पुल निर्माण नहुँदा पुलमाथिबाट झापा, मोरङ आवतजावत गर्नेको सपना पूरा नभइ भौतिक शरीरले बिदा लिएको छ ।

तर, “बाहृ वर्षमा खोला फर्किन्छ” भने झै शिलान्यास भएको १७ वर्षपछि पुल हालै निर्माण सम्पन्न भएको छ । राजनीतिक अस्थिरता र विकासका नाममा भोट लोभ्याउने एउटा परिपाटीको अन्त्य पुल निर्माणसँगै भएको छ ।

रतुवाखोलामा पक्की पुल निर्माणपछि हुलाकी राजमार्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा दक्षिणी मोरङका सर्वसाधारणको दैनिक जीवनयापनसँगै आर्थिक रूपान्तरणका विभिन्न अवसर प्राप्त हुने अवस्था छ । भौतिक विकास राज्यको इच्छा शक्तिसँगै जिम्मेवारी पनि हो । तर, भोटको राजनीतिका लागि दुई÷चार वर्षमा निर्माण सम्पन्न हुने भौतिक पूर्वाधारलाई दशकौँ दशक लगाउनु किमार्थ राम्रो होइन ।

बिहिबार, ०१ फागुन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर