प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् ।

विराटनगरमा आज सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो । पुरी यसअघि उपाध्यक्ष थिए ।

उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् ।

प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भएका छन् ।

बुधबार, ३० माघ, २०८१, रातीको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर