विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको आइतबार (आज ) निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनामा धनबहादुर काफ्ले र नगेन्द्रप्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । संघको दोस्रो अधिवेशनको औपचारिक उद्घाटन शनिबार विराटनगरमा भएको छ ।
विराटनगरको एपोलो फार्मेशीको संचालक तथा यसअघि काफ्ले संघको खुद्रा उपाध्यक्ष रहेका थिए भने बराल बिर्तामोडको ओसन मेडिकियर प्रालिका संचालक तथा यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र बरालको समूहबाट सूर्यप्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तिम्सिना यसअघि औषधि व्यवसायी संघ मोरङका अध्यक्ष समेत थिए ।
त्यसैगरी थोक उपाध्यक्षमा काफ्ले समूहबाट सुदिनध्वज श्रेष्ठले र बरालको समूहबाट खेमराज बस्नेतले उम्मेदवारी दिएका छन् । महासचिवमा लक्ष्मण माझी चौधरी र रविन्द्र घिमिरेले उम्मेदवार बनेका छन् । काफ्ले समूहबाट महासचिवमा उम्मेदवारी दिएका चौधरी एनसीडिए तत्कालीन कोशीका अध्यक्ष हुन् । त्यस्तै उपकोषाध्यक्षमा सेवक दाहाल र पुष्पराज पोखरेलको उम्मेदवारी परेको छ ।
काफ्ले समूहमा अनुभवी व्यवसायीहरु उठेका छन् । काप्mले समूहबाट उम्मेदवारी दिएका व्यवसायीहरु अनुभवी र व्यवसायीहरुको हकहितमा काम गर्ने इच्छाशक्ति भएकोले उनीहरुको पक्षमा माहोल राम्रो देखिएको औषधि व्यवसायीहरु बताउँछन् ।
अध्यक्षका उम्मेदवार काफ्लेले संघकोे विधान लिपिवद्ध भएका सम्पूर्ण विषयहरु अक्षरस पालना गर्ने, तीन तहका (उत्पादक, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यवसायी) बिच भाइचाराको सम्बन्ध कायम गर्ने, क्षतीपूर्ती नियमावलीमा लेखिएका सम्पूर्ण बुँदाहरु अक्षरस पालना गर्न र गराउन सरोकार वाला निकाय संघ कुनै गलत सम्झौता नगर्ने उल्लेख गरेका छन् ।
‘सम्पूर्ण प्रतिनिधहरुमा यस पटक हाम्रोलाई हैन राम्रोलाई मूल्यांकन गरेर असल उम्मेदवारलाई मतदान गर्न विनम्र अनुरोध गर्दछु,’ अध्यक्षका उम्मेदवार काफ्लेले अपिल गरेका छन् । आफूले चुनाव जितेर व्यवसायीहरुको हकहितमा सधँैभरि लागिपर्ने उनले बताए । ‘मैले सम्पूर्ण औषधि व्यवसायीहरुको दुःख बुझेको छु । आफूले चुनाव जितेको खण्डमा औषधि व्यवसायीहरुको हकहितमा सधँैभरि लागि पर्नेछु,’ उनले भने ।
उपाध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित
एनसिडिए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलिप सुवेदीसहित १२ जना निर्वाचित निर्वाचित भएका छन् । खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुन भएका हुन् ।त्यसैगरी कोषाध्यक्षमा प्रभात कुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा यामकुमार खड्का, बेदबहादुर थापा, खुला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।