विराटनगर । शेयर बजारमा बिहीबार गिरावट आएको छ ।अघिल्लो दिन ५२ अंकले बढेको थियो । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.१० अंकले गिरावट आएर २६५४.३५ बिन्दुमा कायम भएको छ ।
बिहीबार कारोबारमा आएकामध्ये १५० कम्पनीको शेयर मूल्य घटेको छ भने ८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
७ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएन । बिहीबार कारोबार रकम पनि घटेर ७ अर्ब ८५ करोडमा सीमित भएको छ ।
आजको गिरावटमा सबैभन्दा धेरै योगदान फाइनान्स ९२।४२० प्रतिशतको रह्यो ।
अन्य समूहमा नेप्सेकै औसतमा गिरावट हुँदा विकास बैंक र म्यानुफ्याक्चरमा सामान्य वृद्धि देखियो ।