रविको थुनछेक बहस आज नहुने

विराटनगर । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । तर थुनछेक बहस आज नहुने भएको छ।

न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको थियो । बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ। लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

बुधबार, ०९ माघ, २०८१, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर