सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर ।मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीले एक जनाको ज्यान लिएको छ ।हात्तीको आक्रमणबाट सुन्दरहरैचा नगरपालिका८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
विगत एक महिनादेखि सुन्दरहरैचाका उत्तरी क्षेत्रमा हात्तीले आतंक मच्चाइरहेका छन् ।

राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको निधन भएको हो ।

बच्चासहित आएको माउ हात्तीले उनीमाथि आक्रमण गरेको स्थानीय पत्रकार कृष्णचन्द्र सुबेदीले बताए । घिमिरेको शव पोष्टमाटमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार, ०५ माघ, २०८१, बिहानको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर