माओवादीको अधिवेशननबाट विष्ट निर्वाचित

विराटनगर । नेकपा माओवादी केन्द्रको विराटनगर ४ नं. वडा अधिवेशनबाट नवराज विष्ट अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न दोस्रो वडा अधिवेशनले बिष्टको अध्यक्षतामा ३५ सदस्यीय वडा समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा पुन्यकुमारी आचार्य, शोभानन्द गुठीया, केशव मंग्राती र रतन भगत, सचिवमा रामकुमार बुढाथोकी, सहसचिवमा टिकाराम दाहाल र श्री चौधरी तथा कोषाध्यक्षमा रामहरी कोईराला निर्वाचित भएका छन् । वडा अधिवेशनमा माओवादीका केन्द्रीय सदस्य जीवन आचार्य, विनिता घिमिरे, महानगर अध्यक्ष नविन पौडेललगायतले सम्बोधन गरेका थिए ।
फोटो

आइतबार, २८ पुष, २०८१, बिहानको ०९:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर