मोरङ र सुनसरी गाँजाको ‘ट्रान्जिट पोइन्ट’

केही समययता सयौं किलो गाँजा प्रहरीले बरामद गरिरहेको छ । तर, रोकिएको छैन तस्करी ।

विराटनगर । भारत तस्करी हुन लागेको १५५ केजी गाँजा लोड भएको स्कारपियो र दुई जना कारोबारीलाई मोरङ प्रहरीले मंगलबार पक्राउ ग¥यो । गाँजासहित पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका १२ का २४ वर्षीय राहुल बिश्वकर्मा र धनकुटा सहिदभुमी गाँउपालिका वडा नं. ६ बस्ने वर्ष १९ का सुरज राई रहेका छन् । राहुल चालक हुन् भने गाँजा ल्याउने सुरज स्कारपियोमा सवार रहेका थिए ।

यसअघि सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलिले भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रबाट १४८ केजी गाँजा बरामद भएको थियो ।तस्करी धन्दालमा लागेका गिरोहले गाँजाको बास्न हराउन सडेको तरकारी मिनी ट्रक भरी हालेको र मुनीबाट गाँजा राखेको पाइएको प्रहरीले जनाएको छ । धनकुटाबाट ल्याएर प्रदेश १ –०२००१ ख ८६१४ नम्बरको मिनि ट्रकमा भारततर्फ लाने तयारी अवस्थामा राखेको ६ बोरा गाँजा बरामद गरिएको थियो । गाँजासहित धनकुटा जिल्ला शहिदभूमि गाउँपालीका ४ बस्ने वर्ष ३६ का हेमप्रसाद राई, शहिदभूमि गाउँपालीका २ बस्ने ३६ का हिकमत राई र सोही स्थान बस्ने वर्ष ३५ का आशिष राई पक्राउ गरेको थियो ।

केही दिन अगाडी नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भेनभित्र तस्करी हुन लागेको १ सय २० किलो गाजा बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको थियो ।

उनीहरुले सीमात्र्ती क्षेत्रसम्म पु¥याउने र त्यसपछि भरियामार्फत भारत तस्करी गर्ने क्रममा प्रहरीले गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘हामीसँग गाँजा भारत तस्करी हुने गरेको गोप्य सूचना आएको थियो । त्यसपछि हामीले चेकजाँचलाई कडाइ बनायौं । मंगलबार राती ११ः१५ बजेको समयमा भारत तस्करी हुन लागेको गाँजा बरामद गर्न सफल भयौं,’ डिएसपी जोशीले भने ।

भारत तिर गाँजा तस्करीको लागि मोरङ र सुनसरीको सीमावत्र्ती क्षेत्र ट्रान्जिट पाइन्ट बन्ने गरेको यो प्रकरणले स्पष्ट पारेको छ । बरामद गरेको गाँजा धनकुटाबाट ल्याएको बताइएको छ । यो गाँजा भारत पुर्याउँदा प्रतिकेजी १५ देखि २० हजार रुपैयाँ केजी विक्री हुने गरेको छ । बरामद गरेको गाँजा भारत पुर्याउँदा गिरोहलाई २० लाख बढी आम्दानी हुने दाबी प्रहरीको छ ।
श्रृंखलाबद्ध रूपमा सुनसरी र मोरङको भारतसँग सीमा जोडिएको नाकाबाट तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गरेको घटनाले पनि यी दुई जिल्लाहरू गाँजा तस्करीको ‘ट्रान्जिट पोइन्ट’ बनेको छ । धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लामा उत्पादन हुने गाँजा पछिल्लो समय गाडीमा लोड गरेर गाँजा तस्करी गराउने गिरोह सक्रिय छन् । खुल्ला सीमाका कारण लागूऔषध र गाजा कारोबारले मोरङ र सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसंगको खुल्ला सीमाको फाईदा उठाएर लागूऔषध र गाजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्न प्रहरीलाई चुनौति थपिएको हो ।

भारततीर गाँजा तस्करी हुने गरेको गोप्य सूचना पाएसँगै ठूलो परिणाममा गाँजा नियन्त्रण लिन सफल भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशी बताउँछन् । ‘सूचना पाएसँगै हामीले विभिन्न तवरबाट त्यस क्षेत्रमा गस्ति बढाउँदै गएका थियौ, त्यसैको परिणाम ठुला परिमाणमा गाँजा बरामद गरेका छौं,’ उनले भने । गाँजा तस्करको संजाल बढ्दै गएको र उनीहरुले बेलाबखत रुढ परिवर्तन गरिरहने भएकाले मातहतका आफ्ना युनिटमा नियन्त्रणका लागि योजनासहित निर्देशन दिईएको बताए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजन अधिकारीले तस्करीको मूल जरोमा पुग्न कठिन रहेको उनले बताए । केही जिल्लामा भारतीय तस्कर आएर खेत नै ठेक्कामा लिई लगाउने गरेको सूचना पाएको उनले खुलाए । ‘रोपेको, मलजल गरेको र कुरेबापत केही पैसा पाए गरिब किसान मख्ख,’ उनले भने, ‘अनि नेपालीलाई नै भरिया बनाएर सीमा कटाउने गरेको अहिलेसम्मको अनुसन्धानबाट खुल्छ ।’

खुला सीमाका कारण गाँजा रोक्न चुनौती रहेको उनको भनाइ छ । ‘यसको बजार धेरै ठूलो छ, रोक्नु हाम्रा लागि निकै चुनौती छ,’ उनले भने । गाँजालाई प्रशोधन गरी चरेस बनाइन्छ । औषधिमा समेत यसको प्रयोग हुन्छ ।कानुनले बर्जित गरेको लागुऔषधको धन्दामा संलग्न रहेकाहरुले विभिन्न उपाय लगाएर ओसारपसार गर्न थालेको पाइएको डिआइजी अधिकारीले बताए । बारीमा किसानले १ किलोको २५ सयदेखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार पुग्छ भने भारत पुग्दा २५ देखि ३० हजार भन्दा बढीमा कारोबारी हुने भएकोले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् ।

बिहिबार, १८ पुष, २०८१, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर