शिक्षा ऐन पारित हुन नसक्दा शिक्षा क्षेत्रमा अन्योलता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालसम्म पनि संघीय शिक्षा ऐन पारित हुन नसक्नुले शिक्षा क्षेत्रमा अन्योलता बढेको बताएका छन् ।

संघीय सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय संरचनामा शिक्षा व्यवस्थापनका विषयमा कोशी प्रदेश सरकार र सरोकारवाला निकायहरूसँग आइतबार भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

हाल देशमा सामुदायिक विद्यालयहरूले प्रदान गर्ने शिक्षाको अवस्था तुलनात्मक रूपमा कमजोर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले यसको सुधारका लागि सम्बद्ध सबै पक्षको पर्याप्त ध्यान जानुपर्ने बताए । हिमाल र पहाडमा आवासीय विद्यालयको स्थापना साथै तराईमा आवश्यकता अनुसार विद्यालय मर्जर गरेर जानुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा संघीय शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने बताएकि छिन् ।अहिले भएको शिक्षा ऐन र शिक्षा नितिबाट पनि धेरै काम गर्न सकिन उनले बतनइन । शिक्षा क्षेत्र समस्या ग्रस्त भएकोले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै ब्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्नेमा उनले जोड दिइन ।

आइतबार, १४ पुष, २०८१, दिउँसोको ०४:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर