परम्परालाई जोगाउँदै माली समुदाय,फुलको साट्टो चामल


विराटनगर । ४० वर्षे जानकीदेवी मालीको दिनचर्या नै घरघरमा पूजाको लागि फूल पु¥याउने हो ।
पूजाको समयअघि नै हरेक घरमा फूल पु¥याउन उनलाई न गर्मीले छेक्छ न वर्षा र जाडोले । उनले मौसलाई बेवास्ता गर्दै आफ्नो काममा लाग्छिन् ।

विभिन्न ठाउँमा टिपेको फूलसँगै अभावको समयमा किनेरै भए पनि घरघरमा फूल लगिदिने दैनिकी हो जानकीदेवी मालीको । पूजाका लागि घरमा फूल पु¥याएबापत उनले दैनिक १० किलो चामल पाउने गरेको उनी बताउँछिन् ।सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहकी ४० वर्षे मालीले विगत २० वर्षदेखि घरघरमा फूल पु¥याउने काम गर्दै आएकी छन् । माली समुदायको परम्परागत पेशा फूलखेती गर्ने र बेच्ने नै हो । त्यसैले पनि उनलै अहिले गर्दै आएको पेशा परम्परागत हो । उनी फूल भारदह वरिपरिका धेरै बस्तीमा पुग्ने गरेको बताउँछिन् ।

सानो उमेरमा खेतमा जाँदा फूल टिपेर आमाबुबालाई ल्याएर दिने गरेको उनलाई अहिले पनि सम्झना छ । त्यसबेला अरुको फूलको बोटबाट झिसमिसे बिहानीमै चम्पा, सयपत्री र अरुर लगायतका फूल टिपेर उनले बेच्ने गरेकी थिइन् । पाँच वर्षकै उमेरदेखि यस काममा अभ्यस्त हुँदै आएको उनी अहिले सम्झिन्छिन् ।फूल लिएबापत कसैले चामल दिन्थे त कसैले पैसा । ‘पैसा पाएको दिन त हाम्रो भुईंमा खुट्टै हुँदैन्थ्यो,’ फूलसँग चामल साट्ने त्यसबेलाको चलन रहेको उनी सुनाउँछिन् ।

माली समुदायको पुख्र्याैली पेशा हो फूल बेच्ने । यसैबाट उनीहरुको घरव्यवहार चल्छ । तर आजभोलि यो फूल बेच्ने व्यवसायमा पनि प्रतिस्पर्धा सुरु भएको छ । माली बाहेक अरु समुदायले पनि यो पेशा अपनाएका छन् । अझ यो व्यवसायकै रुपमा अगाडि बढेपछि परम्परागत काम मात्र गर्नेहरु समस्यामा पर्न थालेका छन् । अब घरघर फूल पु¥याएर उनीहरुको रोजिरोटी चल्ने अवस्था कमजोर भइसकेको देखिन्छ ।

हिजोआज उनी बस्ती अनुसार हप्ताको तीन दिन पूmल बेच्न जाने गरेको बताउँछिन् । डालोभरि फूल लिएर बजारमा बेच्न जाने गरेकी उनी अहिले गाउँघरमा बेच्न जान्छिन् । तर, अहिले समय फेरिएको छ, फूल पाउनै समस्या छ । ‘हामी खेतबारीमा वा साथीहरुसँग मिलेर विभन्न स्थानमा पुगेर फूल टिप्न जान्थ्यौं । पहिला फूल बेच्ने अरु थिएनन् त्यसैले कसैले पनि फूल टिप्नबाट रोक्दैनथे तर अहिले त्यसरी फूल टिप्न दिँदैनन् ।’

अहिले पनि बुढापाकाहरु भने उनीसँग नै फूल लिने गर्छन् । भोजभतेरको लागि फूल चाहिएमा केही दिन पहिलेदेखि अर्डर लिने उनी बताउँछिन् ।‘तर बजारमा पाइने रंगीचंगी फूलमा मान्छे लोभिएका छन्, हामीले सस्तोमा दिए पनि लान खोज्दैनन्,’ उनी दुःखेसो पोख्छिन् । पहिले फूल बेचेको पैसा बचाएर घरव्यावहार चलाउने गरेकी उनले अहिले फूल मात्रै बेचेर घर चलाउन नसकिने अवस्था आएको सुनाइन् ।

‘पहिलाका मानिस दानपुण्यमा धेरै विश्वास गर्थे । सक्नेले आफूसँग भएको खानेकुरा वा सरसामान दान दिन्छन् भने नसक्नेले फूल भए पनि दान दिने गर्थे,’ उनी भन्छिन्, अहिले त्यस्तो अवस्था रहेन ।’फुल दिएवापत आफुखुसी चामल दिने गरेको उनले बताइन् । चार घण्टा लगाएर घरघरमा पूmल पु¥याएबापत ५ देखि १० किलो चामल हुने गरेको उनको भनाइ छ ।

उनकोजस्तै दैनिकी अरु छ परिकारको पनि छ । उनीहरु पनि फूल बेचेरै परिवार चलाउँछन् । तर सबैको अवस्था समस्याग्रस्त बन्दै गइरहेको छ । ब्यापारमा कमी आएसँगै आय आर्जनमा समस्या आएको उनीहरुको भनाइ छ । पूजापाठमा प्रयोग गर्न मालीले टिपेको फूललाई उत्तम मान्ने प्रचलन मधेशमा छ ।

मङ्गलबार, ०९ पुष, २०८१, बिहानको ११:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर