विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक विदुर लिङ्थेप नियुक्ति भएका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्कीले सोमवार नियुक्त गरेका हुन् । मादी नगरपालिकाका पूर्व मेयर समेत रहेका लिङ्थेप संखुवासभाको १९२०बाट निर्वाचित भएका थिए ।
प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको सचेतकमा मुख्य मन्त्री कार्कीले उनलाई नियुक्त गरेका हुन् ।