तोलामा २ हजार बढ्यो सुनको मूल्य

विराटनगर । सुनको मुल्यले नयाँ कीर्तिमान बनाउँदै शुक्रबार तोलामा २ हजार बढेको छ ।

विहिबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरण तथा मध्यपूर्वको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको जनाइएको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

शुक्रबार, ०२ कार्तिक, २०८१, बिहानको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर