बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आजदेखि, झापा र सिलगुढी भिँड्दै

बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा आजदेखि ‘७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ हुँदैछ ।

उद्घाटन खेल झापाको झापा ११ र पश्चिमबंगाल सिलगुढीको कञ्चनजंघा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक एलएक्स सिटी फुटबल क्लबले जनाएको छ । कात्तिक १० गतेसम्म हुने प्रतियोगिता आयोजकसहित नेपाल र भारतका गरी १० टोलीको सहभागिता रहेको छ ।
क्लब यसअघि असोज ११ गतेदेखि गर्ने खेलको तालिका सार्वजनिक गरेको थियो । तर वर्षका कारण तालिका सारीएको हो ।

।आयोजक एलएक्स सिटी फुटबल क्लब, डिफेन्डिङ च्याम्पियन काठमाडौंको बिग्रेड ब्वाइज क्लब, झापा ११ फुटबल क्लब, सिलगुढीको कञ्चनजंघा फुटबल क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, बुटबल लुम्बिनी फुटबल क्लब, सिरहाको सलहेश युवा क्लब, भोजपुर जिल्ला फुटबल संघ, धनकुटाको रारा फुटबल क्लब र भारत पश्चिमबंगालको दलसिंहपारा स्पोर्टस एकेडेमीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाख र शिल्ड प्राप्त गर्ने छन् ।

शुक्रबार, ०२ कार्तिक, २०८१, बिहानको १०:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर