धरान, ३ फागुन
बलात्कार अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा सरकारी वकिलको कार्यालयबाट रिहा भएका छन् ।
सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णय गरेपछि राणा शुक्रबार हाजिरी जमानीमा छुटेका हुन् ।
सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलप्रसाद निरौलाको आदेशमा रााणा हाजिरी जमानीमा छुटेका हुन् । खोजी भएको बखत उपस्थित हुने गरि उनलाई छाडिएको हो । बलात्कारको प्रमाण नजुटेको कारण मुद्दा नचलाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
झापाको एक महिलाले राणाले इटहरीको एक होटलमा बलातकार गरेको भन्दैं जाहेरी दिएपनि पछि तीनै पहिलाले राणाको बचाउ गदैं अदालतमा निवेदन दिएकी थिइन् । घटना बाहिर आएपछि गृह मन्त्रालयले संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख राणालाई पदबाट समेत निलम्बन गरेको थियो ।