३७ अंकले बढ्यो नेप्से

विराटनगर । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३७ अङ्कले बढेको छ।३७.१३ अङ्कले बढेर २६९०.७२ को विन्दुमा अडिएको छ ।

सोमबार बजारमा १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको थियो । आज १ लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो ।

सोमबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

आज इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । यसका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहेका छन् ।
उपसमूहतर्फ दुई समूहबाहेक ११ वटै समूह घटेका छन् ।

सोमबार, २१ असोज, २०८१, दिउँसोको ०४:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर