विराटनगरको आइसिपी क्षेत्र तनावग्रस्त, दश राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । विराटनगर – १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।
मृतकका आफन्तले लापरवाहीपूर्ण सवारी चलाउने चालकलाई कारवाही र परीवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आइसीपी क्षेत्रमा स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले आइसीपी क्षेत्रमा सवारी साधन चल्न नदिएर शुक्रबार दिउँसोदेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेका छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरीका डिएसपी बेद जोशीले बताए । आन्दोलनको भिड आइसिपी क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको उनले बताए । ‘तोडफोडमा उत्रिन खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपर्ने अवस्था आएको छ,’ डिएसपी जोशीले भने ।

बिहीबार बेलुका ६ः४५ बजेको समयमा आइसीपी जादै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साईकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो । टाउको र शरिरको बिभिन्न भागमा चोट लागी घाईते उनलाई उपचारको लागि बिराट नर्सिङहोम पठाइएको थियो । चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका ७ः३० बजे मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दिपक यादवलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

 

शुक्रबार, १८ असोज, २०८१, दिउँसोको ०१:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर