काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपछिको उद्धार र राहत प्रक्रियामा सरकारले सक्दो कोसिस गरिरहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर सोमबार काठमाडौं आएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले गर्नेसम्मको प्रयास गरेको बताए ।
‘ विपद्को बेला सरकारको भूमिका देखिएन भन्ने सुनेँ । विरोधका लागि विरोध मात्रै नगरौँ । सरकारले गर्नेसम्मको प्रयास गरेको छ’, उनले भने, ‘सेना–प्रहरी खटाएको छ, उद्धार र राहत अभियान चलिरहेको छ । हामीले बाढी आउने कुरा रोक्न सकिँदैन थियो ।’
उनले बाढी(पहिरो पनि पूर्वसूचना दिएर नजाने बताउँदै सरकारले तदारुकताका साथ राहत पुर्याउने काममा लागेको पनि उनले बताएका छन् ।
उनले मौसम पूर्वानुमान महाशाखाले बाढी–पहिरो आउने बताए पनि कुन ठाउँमा आएर क्षति गर्ने भन्ने पूर्वानुमान कसैले गर्न नसक्ने पनि बताए ।