सप्तकोशी ब्यारेजबाट २५ घण्टापछि आवत–जावत सुचारु

विराटनगर । पानीको बहाब उच्च हुँदै गएपछि शनिबार अपरान्हबाट सप्तकोशी ब्यारेजमा लगाएको आवतजावतमा प्रतिबन्ध २५ घण्टापछि हटाइएको छ ।

ब्यारेजका ५६ ओटै ढोका खोलिएको भएपनि पानीको बहाब ५ लाख क्यूसेकभन्दा बढी भएपछि ब्यारेजबाट आवातजावत गर्न शनिबार अपरान्ह ४ बजेखदेखि रोक लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाब कम भएको र ब्यारेजमा थुप्रिएको फोहोर सफा गरिसकेको कारण आइतबार साँझ ५ बजेदेखि आवतजावत खुल्ला गरिएको जानकारी दिए । साँझ गरिएको पानीको मापन अनुसार सप्तकोशीमा अहिले ३ लाख ५० हजार क्यूसेक पानीको बाहब रहेको छ ।

आइतबार बिहान पानीको बहाब ६ लाख ६१ हजार क्यूसेक पुगेको थियो । त्यसपछि निरन्तर पानीको बहाब घटिरहेको छ ।

यसैबीच अविरल वर्षाका कारण सप्तकोसी नदीको चिलैया टापुमा शनिबार बिहानदेखि फसेकाहरु सकुशल रहेका छन् । बराहक्षेत्र २ बालचनखोरिया, ठाकुरबारी र राजाबासको नदीक्षेत्रमा गोठ राखेर बसेका पशुपालक कृषकहरु शनिबार कोशीमा पानी बढेसँगै त्यही अड्किएका थिए ।

उनीहरुको अवस्थाबारे नेपाली सेनाको टोलीले आज बिहानै बोटबाट त्यहाँ पुगेर बुझेको थियो । उनीहरु शनिबार भने उनीहरुको उद्धार हुन सकेको थिएन ।

आइतबार, १३ असोज, २०८१, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर