मुख्यमन्त्री कार्कीले गरे कोशी ब्यारेजको अनुगमन, सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण गरेका छन् ।

आज दिउँसो मुख्यमन्त्री कार्कीसहित तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख पनि अनुगमनमा सहभागी थिए । मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलार्इ आग्रह गरे ।

स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गरेका हुन् । उनीहरूलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइ रहेको छ ।

यस्तै प्रदेश भर वर्षा भइ रहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलार्इ आवागमनमा रोक लगाइएको छ ।

शनिबार, १२ असोज, २०८१, दिउँसोको ०३:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर