मिलेमतोमा भएको तस्करीलाई बैधानिकता !

 सम्पादकीय

चाडपर्व नजिक हुँदा सरकारी निकायको कमजोर नियमन वा कतिपय अवस्थामा मिलेमतोमै तस्करी, अनियमितता र कालोबजारी मौलाउने गरेको छ । दशैं तिहार जस्ता चाडपर्व नजिक आउँदा नेपालीले धेरै किनमेल गर्ने भएकोले बजारमा भिड हुने गरेको छ । यहिबेला तस्कर र कालोबजारी गर्नेहरुले मनपरी गर्ने गरेका छन् । मिलेमतोमा भन्सारबाट तस्करी गर्ने सामान ल्याउने कुरा त सामान्य जस्तै भइसकेको छ । सुरक्षा निकायका प्रमुखहरुलाई मासिक नजराना बुझाएर यस्तो तस्करी खुलेआम नै भइहरेको छ । त्यसको पछिल्लो उदाहरण राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेर बरामद गरेको तस्करी भएर भएर आएको ठूलो परिमाणको कपडा हो । सुरक्षा निकायले तस्करी नभएको र नियन्त्रणमा रहेको दावीलाई राजश्व अनुसन्धानले तस्करी गरेर गोदाममा राखेको लाखौं मूल्यको कपडा बरामद गरेको घटनाले गिज्याएको छ । यो प्रकरणले विराटनगर र आसपासको क्षेत्रबाट ठूलो परिमाणको तस्करी भइहरेको प्रमाणित गरेको छ ।

ठूला ब्यापारीका गोदामभरी तस्करीको सामान भएको घटनाले तस्करी संगठित रुपमा र ठूलो परिमाणमा भएको देखाएको छ । जुन सुरक्षा निकायसँगको मिलेमतोविना संभव नै हुँदैन । किनकि सीमा क्षेत्रमा र सडकहरुमा सुरक्षा निकायले चेकजाँग गरिरहेको हुन्छ । सर्वसाधारणले भारतीय बजारबाट खरिद गरेर ल्याएको सामान्य उपभोग्य सामान चेकजाँच गर्ने सुरक्षा निकायको आँखा छलेर ठूलो परिणामको तस्करी उनीहरुसँगको मिलेमतोविना संभव नै छैन । तस्करी मात्र नभएर जेवी ट्रान्सपोर्टमा राजश्वले छापा मार्दा तस्करी भएर ल्याएको सामानलाई बैद्यता दिन गरिएको अर्को अबैध धन्दा पनि बाहिर आएको छ । तस्करसँग मिलेर भारतदेखि अवैध रुपमा भन्सार लागि गरेर ल्याएको लत्ताकपडालाई स्थानीय गार्मेट उद्योगबाट खरिद गरेको नक्कली बिल बनाउने गरेको खुलेको छ । विराटनगरको कृष्ण ट्रेडर्स र ग्लोबल ट्रेडर्सले तस्करीको सामानमा भ्याट बिल काटिदिने गरेको पाइएको छ । तस्करीको कपडालाई वैध बनाउन बिल काटेबापत निश्चित रकम उनीहरुले लिने गरेको खुलेको छ ।

जेबी ट्रान्सपोर्टमा छापा हानेर काठमाडौं पठाउन लागेको तस्करी भएर आएको २७ बोरा कपडा बरामद भएको छ । सो कपडा भारतबाट भन्सार छलेर तस्करी गरेर विराटनगर ल्याएको राजस्वको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । व्यापारिक कारोबार गर्ने उद्देश्यले दर्ता गरिएका फार्ममार्फत भ्याट बिल काटेर कपडाको तस्करी गर्ने गरेको यो प्रकरणले उजागर गरेको छ । कपडाको कारोबार नगर्ने फर्मले भ्याट बिल काटेको देखिएको छ । तस्करीको कपडालाई वैधानिक देखाउन मात्रै बिल काट्ने गरेको पाइएको छ । भ्याट र भिसिटिएसको बिल काटेर जेबी ट्रान्सपोर्टमार्फत कपडा काठमाडौं पठाउन लागिएको थियो । बरामद गरिएको कपडा लाखौं मूल्य बराबरको रहेको छ । कपडाको तस्करी गरिरहेका राजकुमार रौनियारको गोदाममा पनि यसअघि राजश्वले छापा मारेको थियो । यसअघि तस्करी गरेर काठमाडौं पुर्याएको सामान विमानस्थलबाटै बरामद भएको थियो । यो प्रकरणमा सुरक्षा निकायदेखि, भन्सारका कर्मचारीसम्मको मिलेमतो रहेको देखिन्छ । तस्करी भएर ठूलो परिमाणको सामान ल्याउने र अनि त्यसलाई बैधानिकता दिएर बाहिर पठाउने खेलमा ठूलो चलखेल रहेको छ । यो प्रकरणको गम्भीर अनुसन्धान हुनुपर्छ । दोषीमाथि कडाभन्दा कडा कार्वाही हुनुपर्छ । क

मङ्गलबार, ०८ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर