मणि दाहाल
पार्टीको आवरण, दिगंवत नेताको रामनामी, फाउण्डेसनको व्यापार, सहकारीको धन्दा, शीर्षस्थको भजन र अपराधमा पोख्त आजको राजनीतिको न्युनतम योग्यता हो । राजनीतिक चरित्रको निषेध र गैर राजनीतिक भीडको भरिभराउ आजको यथार्थ हो । पार्टीको ढालमा अधम कार्यको साहारामा रातारात धनी हुनु पार्टीप्रतिको इमान्दारिता हो । शीर्ष अथवा प्रभावशाली नेतासँग कुम जोडेको फोटो संजालमा प्रचार गर्नु मूल दायित्व हो । छापादेखि विद्युतीय संचार माध्यमसमेतलाई अनेकौं प्रभावमा पारेर सस्तो लोकप्रियताको प्रचारले जनतामा आफ्नो र मालिकको गलत मुहारलाई साधुवादमा रुपान्तरणको प्रयास प्रमुख कार्यभार हो । गुटको देवत्वकरण र गुट विरोधीको राक्षसीकरण गर्नु धर्म हो ।
आजका राजनीतिक दलहरुलाई योग्यता, क्षामता, निष्ठा, निरन्तरता, ऐतिहासिकता र इमान्दारिता जस्ता आधारभूत कुराहरु आवश्यक पर्दैन । निष्ठाहीन भीड र लुटको धन मार्फत गुटको बचाउ दलहरुको मूल आवश्यकता हो । अनि लुटको धन र गुटको झुण्ड मार्फत निर्वाचन जित्नु दलको मूल उद्धेश्य हो । आजको भीडप्रिय राजनीतिक परिवेशमा नीति, नैतिकता दर्शन भनेकै दोहन र भ्रष्टीकरण हो । भ्रष्ट तथा अपराधिक मुहारलाई पहुँचको खास्टोले ढाकेर जनताको बिचमा साधु बिरालो बन्नु आजको राजनीतिक सफलता हो । यस्तो सफलताको लागि दलभित्रका निष्ठावानहरु योग्य पात्र हुन सक्दैनन् । योग्य पात्र भनेका अपराध कर्ममा विज्ञता हासिंल गरेका भीडपूर्ण जमात नै हुन् ।
निष्ठाशून्य भीड राजनीतिक दलका धमिरा हुन् । तर, यो वा त्यो बहानामा जनता सोही भीडको प्रभावमुतm हुन नसक्नु आजको मूल समस्या हो । विचारशून्य दलीय भीडले कुनै न कुनै आवरणमा जनता बिचमा पुगेकै छन् । कसैले धर्मको आवरणमा जनतालाई गुमराहमा राखेका छन् । कसैले बुद्धिजीविको आवरणमा जनता बिचमा पुगेका छन् । कोही अधिकारकर्मीको आवरणमा जनतालाई झुल्याइरहेका छन् । अर्थात जसरी र जुन रुपमा उदाउँदा जनतामा भ्रम छर्न सकिन्छ त्यहि रुपमा दलीय भीड उदाइ नै रहेको छ । बलेको आगो ताप्ने हाम्रो सामाजिक चेतनाले उदियमान भीडलाई विश्वास गर्छ । जनताको त्यहि अन्धविश्वासलाई ढाल बनाएर दलीय माहाराजहरुले आजसम्म पनि जनतालाई कुशासनको उपाहार दिँदै आएका छन् ।
दलहरुको अन्तरजीवन सिद्धान्तमुखी छैन । विजय वा पराजयमुखी मात्र छ । व्यक्ति केन्द्रित राजनीतिको बोलवाला छ । आन्तरिक जीवन मुक अमूक नेताको टकरावमा गुज्रीएको छ । त्यहि टकरावको कारण अमुक नेताको चाहाना बमोजिम अन्तरजीवनको प्रतिस्पर्धामा कसैलाई हराउने अथवा जिताउने खेल दलको केन्द्रविन्दु बनेको छ । यसरी हराउने व जिताउने खेलको महत्वपूर्ण अश्त्र भनेको सिद्धान्तशून्य भीड नै हो ।
यतिखेर पार्टी जीवन अथवा संसदीय या संस्थातग जतासुकै पनि अराजक भीड नै निर्णायक हुने गरेको छ । राजनीतिलाई पेशा बनाएर रातारात धनी हुनको लागि अपराध कर्मसँगको मितेरी जरुरत हुन्छ । मठ, मन्दिर, विद्यालय, लगायतका अनेकौ संघ संस्थाहरुलाई कब्जामा लिनु जरुरी हुन्छ । सार्वजनिक प्रशासनलाई इसारामा चलाउनु पर्ने हुन्छ । निरिह कार्यकर्ताको जमातलाई क्षणिक सुखभोगमा उन्मत्त बनाएर अघिपछि लाग्ने बनाउनु पर्ने हुन्छ । यी यावत कामकोे लागि दुई नम्बरी भीडलाई योग्यतम पात्र ठहर गर्नु आजको दलीय बाध्यता हो ।
शहरीया मध्यम वर्गीय समाज अत्यान्तै स्वार्थ केन्द्रित हुन्छ । सो समाज लाभको पछि मात्र दौडन्छ । कालो धनको नगन्य हिस्सा दान दिनेहरु सो समाजका आदर्श पात्र ठहरिन्छन् । त्यस्तालाई समाजले समाजसेवीको उपमा दिन्छ । खादा र दोसल्लाले सम्मान गर्छ । कार्यक्रममा अतिथि बनाउँछ । त्यहि चेतनशून्यताको ढाडमा टेकेर अधर्मीहरु दलका ठुला नेत्ता र राज्यमा महत्वपूर्ण निकायमा हाबी हुन्छन् । जसरी आज भैरहेका छन् ।
जब राजनीतिका चालक दलले अण्डर प्यान्ट खोल्छन्, त्यस अवस्थामा राजनीति निर्लज्ज पात्रहरुको खेलौना बन्छ । राज्यका जिम्मेवार निकायहरुमा जवाफदेहिता र कर्तव्यबोध पाउन सकिदैन । राजकीय निकायका सार्बजनिक संस्थाहरु भ्रष्टचारीको अखडामा परिणत हुन्छन् । उत्पादनमुखी राजकीय उद्यमहरु टाट पल्टाउने अस्थामा पु¥याइन्छ । राष्ट्रिय पँुजी धराशायी बन्छ । नोकरशाही दललाल पँुजीपति वर्गले अर्थतन्त्रमा कब्जा जमाउँछ । राज्य उनीहरुको इसारा बिना चल्न सक्दैन ।
हाम्रो राजनीति अनेकांै चुनौतीको केन्द्रबिन्दुमा छ । गलत मनासायले राजनीतिमा हाबी भएका धमिराजन्य प्रवृत्तिले देशका तमाम क्षेत्रलाई तहस नहस बनाएका छन् । पेसागत क्षेत्रहरु सेवामुखी छैनन् । रास्ट्रसेवक जमात पद, पैसा र सुविधामखी भएका छन् । सरकारी तलब भत्ता खाने शिक्षक राजनीतिक झण्डाले ओतपोत भएका छन् । कर्मचारी वर्ग दलको कार्यकर्ता बनेका छन् । राज्यको नुन खाएर पार्टीको गुण गाउनेलाई सातखत मिनाहाको अवस्था छ । कार्यलयमा कर्मचारीको हाजिर गर्छन्, पार्टीको कार्यक्रममा दौडन्छन् । शिक्षक हाजिर गर्छ संगठनको बाहानामा महिनौं विद्यालयमा फर्कदैन । सरकारी क्याम्पस बाख्रा गोठमा परिणत भएका छन् । निजी क्याम्पसहरु रातारात प्रगतिको शिखर चुम्दै छन् । यो भन्दा बेसरमको अवस्था के होला ?
सरोकारवाला निकायमा खुलेआम भ्रष्टचार छ । कर्मचारी कुर्सीमा भेटिदैनन् । भेटिए पनि घुस बिना काम बन्दैन । भ्रष्टाचारीलाई कठालो समात्ने निकायमा भ्रष्टाचार गर्न नजान्ने पुग्नै सक्दैन । अन्धो कानुनले भ्रष्टाचारको प्रमाण खोज्छ । भ्रष्टाचारको कपाली तमसुक हँुदैन भन्ने कुरा बुझ पचाउनेहरु नीति निर्माता बनेका छन् । सार्वजनिक प्रशासनका जिम्मेवारहरु माफिया, तष्कर, डन र भ्रष्टाचारी सिवाय सर्वसाधरण जनतालाई मान्छे नै गन्दैनन् । सर्वसाधारणले साना भन्दा साना कुरामा पनि दलीय धमिरालाई सोर्स लाउनु पर्ने दुःखद् अवस्था छ । जनता कहीं कतै सुरक्षित छैनन् । यस्तो बिकारल अवस्थाको एक कारक भनेको राजनीतिमा हाबी विचारशून्य भीड नै हो ।
सार्वजानिक प्रशासकको कुरा गरिरहँदा त्यहाँभित्र धेरै भ्रष्ट छन् । तर थोरै अति इमान्दार र उदाहरणीय पात्रहरु पनि छन् । तर तिनीहरुले निर्भिकतापूर्वक काम गर्ने वातवरण बन्न सकेको छैन । कुलमान जस्ता कुशल व्यवस्थापकहरु राज्यको आँखाको तारो बनेका छन् । राज्यलाई बुझाउनु पर्ने अरबांै रुपैयाँ नतिर्ने शंखनाद गर्ने ठुला व्यापारीको मतियार लेखा समिति जस्तो जिम्बेबार निकायका जिम्मेवार व्याक्ति बनेका छन् । दलका जिम्मेवार नेता र माननीयसमेत सहकारी ठगीमा संलग्न भएका प्रमाणहरु धमाधम बाहिरिदै छन् । यो भन्दा लज्जापूर्ण अवस्था केही होला ? यो परिवेशको जड भनेको राजनीतिमा हाबी भीडतन्त्र र हाम्रो सामन्तवादी सामाजिक चेतना हो । जसले राजनीतिलाई पथविमुख र समाजलाई पथभ्रष्ट बनाइरहेको छ ।