एभरेष्ट स्कूलमा पौडी प्रतियोगिता

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा जारी एभरेष्ट पौडी प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न विधाका विभिन्न स्पर्धाहरु गराउँदै बिहीबार सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो । प्रतियोगितामा विद्यालयमा अध्ययनरत करिब ३०० विद्यार्थीले सहभागिता जनाएको विद्यालयकी अतिरिक्त क्रियाकलाप इञ्चार्ज सुधा डंगोलले बताएकी छन् ।

शनिवार सम्पन्न प्रतियोगितामा विभिन्न विधामा २५ मिटर देखि १५०० सय मिटर सम्मका स्पर्धा हरु भए । जसअन्तर्गत फ्रि–स्टाइलको १५०० मिटरको पौडीमा ओनश प्रधान प्रथम हुँदा धावा तामाङ द्वित्तीय र कृतक बर्तौला तृतीय भए ।

यस्तै ५०० मिटरको स्पर्धामा हर्षित प्रताप सिंह प्रथम, अथर्व अर्याल द्वित्तीय र रुद्र शर्मा तृतीय भए भने फ्रि–स्टाइलकै ४०० मिटरको स्पर्धामा इमोन लामा प्रथम, मनसुन कार्की द्वित्तीय र रेहान अन्सारी तृतीय भए । २०० फ्रि–स्टाइलमा ओनश प्रधान प्रथम, धावा तामाङ द्वित्तीय र सुज्ञान कोइराला तृतीय बन्दा १०० मिटर फ्रि–स्टाइलमा कृतक बर्तौला प्रथम, स्वर्णिम कार्की द्वित्तीय, हर्षित प्रताप सिंह तृतीय भएको स्कूलले जनाएको छ ।

यसैगरि ५० मिटर फ्री स्टाइलमा धावा तामाङ प्रथम, सिद्धार्थ तामाङ र स्वर्णिम कार्की तृतीय भए भने २५ मिटरमा ओनश प्रधान प्रथम, अंकुश बुढाथोकी द्वित्तीय र विज्ञान भुजेल तृतीय भए । जुनियरमा मनसुन कार्की प्रथम, हर्षित प्रताप सिंह द्वित्तीय र कृतक बर्तौला तृतीय भए । फ्रि–स्टाइलकै छात्रातर्फको ५० र २५ मिटरका दुवै स्पर्धामा आश्ना कटुवाल प्रथम, अभिलाषा भगत द्वित्तीय र युदिता श्रेष्ठ तृतीय भए ।

ब्याक स्ट्रोक विधामा २५ मिटरतर्फ सिद्धार्थ तामाङ प्रथम, धावा तामाङ द्वित्तीय र इमोन लामा तृतीय भए भने ५० मिटर ब्याकस्ट्रोकमा ओनश प्रधान प्रथम, कृतक बर्तौला द्वित्तीय र सुज्ञान कोइराला तृतीय भए । १०० मिटरमा ओनश प्रधान प्रथम, कृतक बर्तौला द्वित्तीय र धावा तामाङ तृतीय भए ।

पौडीको ब्रेस्टस्ट्रोक विधाको २०० मिटर स्पर्धामा सिद्धार्थ तामाङ प्रथम, सुज्ञान कोइराला द्वित्तीय र कृतक बर्तौला तृतीय ए भने १०० मिटरमा ओनश प्रधान, धावा तामाङ द्वित्तीय र सिद्धार्थ तामाङ तृतीय भए । छात्रातर्फ ब्रेस्टस्ट्रोककै २५ मिटरमा आश्ना कटुवाल प्रथम हुँदा अभिलाषा भगत द्वित्तीय र युदिता श्रेष्ठ तृतीय भएका छन् ।

बटरफ्लाई विधाको २५ मिटर स्पर्धामा सुज्ञान कोइराला प्रथम, अथर्व अर्याल द्वित्तीय र स्वर्णिम कार्की तृतीय भएका छन् । यस्तै सोहि बिधाको ५० मिटरको स्पर्धामा धावा तामाङ प्रथम, सिद्धार्थ तामाङ द्वित्तीय र हर्षित प्रताप सिंह तृतीय भए भने १०० मिटरमा ओनश प्रधान प्रथम, धावा तामाङ द्वित्तीय र हर्षित प्रताप सिंह तृतीय भए ।

यस्तै ५० मिटर डल्फिन विधामा सिद्धार्थ तामाङ प्रथम, सुज्ञान कोइराला द्वित्तीय र कृतक बर्तौला तृतीय भए । आई विधाको १०० मिटर स्पर्धामा ओनश प्रधान प्रथम, धावा तामाङ द्वित्तीय र सिद्धार्थ तामाङ तृतीय भए । विजेता खेलाडीहरुलाई विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरियालगायतले मेडल वितरण गरेका थिए । कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुको प्रतियोगिता भने गत बिहीबार नै सम्पन्न भएका थिए ।

आइतबार, २३ भदौ, २०८१, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर