विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् ।
२१औं निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्ने बताए ।
सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए ।
मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको बताए ।
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।
निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उनले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरे ।
निजामति सेवाको आर्दश र व्यवहारले नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने बताउदै उनले दिवसले निजामति सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरेका छन् । निजामति कर्मचारीहरु उच्च नैतिक आचारण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व हुन पर्नेमा उनले जोड दिए ।