दोहोरो अङ्कले घट्यो नेप्से

विराटनगर । नेप्से दोहोरो अङ्कले घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १२.१० अङ्कले घटेर २७२७.३६ को विन्दुमा पुगेर बन्द भएको हो ।

बिहीबार बजारमा २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर खरिद बिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार मात्रै ९० अङ्कले घटेको बजारमा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको थियो ।

दोहोरो अङ्कले घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानी कर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

विहिबार आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल फाइनान्स लिमिटेडका लगानी कर्ताहरूले सर्वाधिक गुमाएका छन् । आज नेपाल फाइनान्सको शेयर मूल्य ८।९१ प्रतिशतले घटेको छ ।​

बिहिबार, २० भदौ, २०८१, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर