उदयपुरमा आमा छोराको हत्या

विराटनगर । उदयपुरको कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा–छोराको हत्या भएको छ । किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको बिहीवार बिहान पसलमै शव भेटिएको हो ।
पसलमा आउने ग्राहकहरूले आमा–छोराको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परेको र छोराको शवमा हतियार प्रहार गरेका चोटहरू देखिएको

वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए ।

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर पहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मलाका श्रीमान् अशोक थापा दुई वर्षअघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए ।

बिहिबार, २० भदौ, २०८१, दिउँसोको ०३:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर