पोखरा । गण्डकी प्रदेश सरकारमा एमाले सहभागि भएपछि आफनो मन्त्रालय खोएिपछि राजीव गुरुङ ‘दीपक मनाङे’ले पदाट राजीनामा दिएका छन् ।
प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँड हुँदा उनलाई वन मन्त्रीको जिम्मा दिइएको थियो ।
यसअघि भौतिक मन्त्री थिए उनि ।
नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । आइतबार दुई मन्त्रालय फुटाएका मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषद विस्तार गरी ९ सदस्यीय बनाएका थिए ।
। ‘वन मन्त्रालयमा जान्न, बरु त्यो मन्त्रालय भाइहरूलाई दिएको भए हुने नि ! त्यही भएर राजीनामा दिएको हुँ । मैले राजीनामा पत्र सहयोगीमार्फत् मुख्यमन्त्रीकहाँ पठाइसकेँ ।’
एमालेका चार मन्त्रीले शपथ लिँदा मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई यथावत राखेका थिए । तर गुरुङले गतिलो मन्त्रालय नपरेको भन्दै पद छाडेका हुन् ।
एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटा दिन भनेको थियो । तर पाण्डेले दुई मन्त्रालय फुटाएर एकातिर एमालेलाई मनाएका थिए । अर्कातिर मनाङे र देवकोटालाई पनि साथमै राख्न चाहेका थिए ।